बिहीबार, ८ साउन २०८२

२८ बर्षिय तमिल नायिकाले गरिन् आत्महत्या,भर्खरै भएको थियो इन्गेजमेन्ट

समयपोष्ट २०७७ मंसिर २४ गते १२:४५

तमिलकी चर्चित टिभी नायिका भिजे चित्राले आत्महत्या गरेकी छिन् ।

२८ बर्षिय यी अभिनेत्रीले नसरपेटको एक होटलमा झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले हालै चेन्नईका एक चर्चित व्यापारी हेमन्त रविसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

नायिका भिजेलाई पांडियन स्टोर्सको सिरियलमा उनको भूमिकाका लागि चिनिन्छ । जुन अहिले टिभीमा प्रसारण भइरहेको छ । चित्रा यो धारावाहिकमा मुलईको भूमिकामा छिन् ।

एक रिपोर्टका अनुसार इवीपी फिल्म सिटीमा सुटिङ गरेपछि चित्रा राती करिब साढे २ बजे होटल फर्किएकी थिइन् । उनी होटलमा आफ्ना प्रेमीसँग बसिरहेकी थिइन् । प्रहरीलाई दिएको बयानमा हेमन्तले भने, ‘होटल आएपछि चित्राले आफू नुहाउन जान लागेको बताइन् तर धेरै बेरसम्म उनी बाहिर आइनन्, न ढोका ढक्ढकाउँदा उनले कुनै प्रतिक्रिया दिइन् ।

त्यसपछि मैले होटलका कर्मचारीलाई यसबारे जानकारी दिएँ र उनको डुप्लिकेट साँचोले ढोका खोल्दा उनको शव झुण्डिएको अवस्थामा भेटियो । ’

प्रतिक्रिया

सम्बन्धित सामाग्री