मोरङमा शिक्षकको गोली हानी हत्या

मोरङमा एक शिक्षकको गोली हानी हत्या गरिएको छ ।

Advertisement

मिक्लाजुङ गाउँपालिकाका वडा नम्बर १ का ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठको हत्यामा विप्लव समूहको संलग्नता आशंका गरिएको छ । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको बताइएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान साढे ५ बजेतिर उनी अपहरणमा परेको खबर प्रहरीमा पुगेको थियो । लगत्तै उनको खोजी कार्यमा प्रहरी परिचालन भएकोमा शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री