सोमबार, २४ वैशाख २०८१

सानिमा बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र गर्ने

समयपोष्ट २०७७ मंसिर २३ गते ११:४१

Advertisement

सानिमा बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले पुस १ गतेदेखि वार्षिक ८.५० प्रतिशत ब्याजदरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँबराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १ अर्ब ३० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी १५ लाख २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Advertisement

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतममा १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। सो ऋणपत्रमा छिटोमा पुस ५ गते र ढिलोमा पुस १५ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री