मंगलबार, ८ जेठ २०८१

नेपाल राष्ट्र बैंकद्वारा नेपाल एसबीआई बैंक सम्मानित

समयपोष्ट २०८१ वैशाख १८ गते ९:१९

Advertisement

नेपाल एसबीआई बैंक लि.रेमिट्यान्सको आप्रवाह विधातर्फ योगदान गरेकोमा सम्मानित भएको छ ।

नेपाल राष्ट्र बैंकको ६९ औँ वार्षिक उत्सव समारोहको अवसर पारेर शुक्रबार गरिएको कार्यक्रममा बैंकलाई प्रशंसापत्र प्रदान गरिएको हो ।

उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देलाई प्रदान गरेका थिए ।

आर्थिक वर्ष २०८९८० भित्र बैंक तथा वित्तीय संस्थाहरूमध्ये बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री