सोमबार, २४ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७७ मंसिर २२ गते ११:२३

Advertisement

मुक्तिनाथ विकास बैंकले शेयरधनीलाई १५.५१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको आइतबारको बैठकले शेयरधनीलाई आर्थिक वर्ष २०७६/०७७ को मूनाफाबाट लाभांश घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ११.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४.२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिले गरेको प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री