सोमबार, २४ वैशाख २०८१

सेञ्चुरी बैंकको स्मार्ट टेलर संचालनमा

समयपोष्ट २०७७ मंसिर २१ गते १८:४८

Advertisement

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आइतबारबाट स्मार्ट टेलर संचालनमा ल्याएको छ । उक्त टेलरबाट Century pay Mobile apps बाट QR Scan गरी नगद झिक्न/निकाल्न सकिने बैंकले जनाएको छ ।

ग्राहकवर्गहरुको सेवाका लाथि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको बैंकले जनाएको छ । हाल उक्त सेवा केन्द्रीय कार्यालय, काठमाण्डौको लागि मात्र लागु हुने बैंकले जनाएको छ ।

निकट भविष्यमा उक्त सुविधा काठमाण्डौं उपत्यका लगायत उपत्यका बाहिरसमेत लागु गरिने बैंकले जनाएको छ । यस सेवाबाट यस बैंकका ग्राहक वर्गले १ दिनमा कुल १ लाख रुपैंयासम्म नगद झिक्न सक्ने र १० लाख रुपैयाँसम्म मासिक रुपमा नगद झिक्न पाउने र सो को लागि चेक वा डेविट कार्ड आवश्यक नपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री