सोमबार, २४ वैशाख २०८१

सिटिजन्स बैंकको ११ प्रतिशत लाभांश पारित

समयपोष्ट २०७७ मंसिर २१ गते ११:१९

Advertisement

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ११ प्रतिशत् लाभांश पारित गरेको छ ।

बैंकको शनिबार सम्पन्न चौधौं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र ३ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।

साधारण सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढाउने सम्बन्धमा समेत जानकारी गराएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको हो । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।

Advertisement

त्यसैगरी साधारण सभाका अध्यक्ष राजन सिंह भण्डारीले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्ने सक्ने विश्वास दिलाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री