शनिबार, ८ वैशाख २०८१

शिल्पाभन्दा पनि सुन्दर थिईन् राज कुन्द्राकी पहिली श्रीमती, शिल्पाको कारण गरेका थिए डिभोर्स

समयपोष्ट २०७७ मंसिर २० गते २१:०३

Advertisement

बलिउडमा थुप्रै यस्ता अभिनेत्रीहरु छन् जसले विवाहित पुरुषसंग विवाह गरे ।

करीना कपुर ,हेमा मालिनी लगायतका थुप्रै अभिनेत्रीहरु यो लिष्टमा पर्छन् । तर आज हामी यहाँ शिल्पा शेट्टीको बारेमा बताउँदै छौ । शिल्पा शेट्टीले पनि लण्डनका ब्यवसायी राज कुन्द्रासंग विवाह गरेकी हुन् जो पहिले नै विवाहित थिए । राजले शिल्पासंग दोस्रो विवाह गरेका थिए । शिल्पाअघि राजको विवाह कविता कुन्द्रासंग भएको थियो ।

राज बेलायतका टप बिजनेसम्यान हुन् । सन् २००४ मा उनी ब्रिटेनका धनाढ्यहरुको सुचिमा १९८ नम्बरमा थिए । उनले शिल्पासंग् सन् २००९ मा विवाह गरेका हुन् । उनको कविता कुन्द्रसंग सन् २००६ मा डिभोर्स भएको थियो ।

कविताले शिल्पालाई आफ्नो घर विगारेको आरोप समेत लगाएकी थिईन् । उनले शिल्पालाई आफ्नो श्रीमान खोसेको र आफ्नो विवाहित जीवन बर्बाद पारिदिएको समेत सार्वजनिक रुपमा भनेकी थिईन् । कविता र राजको एक छोरी डेलिना छिन् । राज र कविताको डिभोर्स हुँदा उनकी छोरी दुई बर्षकी मात्र थिईन्

प्रतिक्रिया

सम्बन्धित सामाग्री