सोमबार, २४ वैशाख २०८१

नबिल बैंक र वान टु वाच बीच लघु, साना तथा मझौला उद्यमीहरूलाई सहयोग गर्न सहकार्य

समयपोष्ट २०७७ मंसिर १९ गते १४:१९

Advertisement

नबिल बैंक र लगानी प्रबर्धन कम्पनी वान टु वाचले संयुक्त रूपमा “कोभिड-१९ एमएसएमई कोष नेपाल” अन्तर्गत लघु, साना तथा मझौला उद्यम (एमएसएमई) हरुलाई ब्याज मुक्त र धितो रहित कर्जा प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौतापत्रमा नबिल बैंकका डेपुटी सीईओ, सुजित कुमार शाक्य र वान टु वाचका प्रबन्ध निर्देशक, सुमन जोशीले हस्ताक्षर गरेका छन् ।

यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमहरूलाई कोविड १९ बाट प्रभावित तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएका व्यवसायलाई धितो रहित र ब्याजमुक्त छोटो अवधिको कर्जाले लाभान्वित भई कोविड-१९को प्रभावबिरूद्ध लड्न तथा व्यवसायलाई निरन्तरता दिन मद्दत हुने बैंकले जनाएको छ।

त्यसै गरि यी व्यवसायहरु मध्येका छनोटमा परेका व्यवसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने बैंकले जनाएको छ।

Advertisement

पूर्व निर्धारित मापदण्डको आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईहरूले नबिल बैंकबाट धितो रहित कर्जा प्राप्त गर्नेछन र ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्नेछ ।

साझेदारीको बारेमा बोल्दै, नबिल बैंकका सीईओ अनिल केशरी शाहले भने, “नबिल बैंक नेपालको एमएसएमई क्षेत्रलाई सहयोग गर्न, उनीहरूको व्यवसायलाई बढाउन र दीर्घकालीन स्थायित्व र समग्र आर्थिक बृद्धिका लागि मद्दत गर्न सदैब तयार छ । कोविड १९ प्रभावित व्यवसायलाई यस कठिन समयमा बा“च्नको लागि सहयोग पुर्याउन र निरन्तरता दिइ सक्षम हुन धितो रहित र ब्याजमुक्त कर्जा प्रदान गर्न यस प्रयासमा वन टु वाचको साथ सहकार्य गर्न धेरै उत्साहित छौं । नबिल बैंकले लघु, साना तथा मझौला उद्यमीहरूलाई वित्तीय पहु“च पु¥याउन सजिलो बनाउने सेवाहरू ल्याएर एमएसएमई क्षेत्रको प्रबर्धनमा सदैब केन्द्रित रहेको छ ।”

साथै, वान टु वाचका प्रबन्ध निर्देशक, सुमन जोशीले भने, “हामी नबिल बैंकलाई पार्टनर बैंकहरूको सुचीमा राख्न पाउ“दा अत्यन्त खुशी छौं । केही हप्ता अघि यो कोषको थालनी भएदेखि हामीले नेपालका विविध क्षेत्र तथा विभिन्न भुगोलका एमएसएमईबाट धेरै उत्साहजनक प्रतिक्रिया प्राप्त गरेका छौ । नबिल बैंकको सहभागितामा एसएमईलाई यस कठिन समयमा अघि बढ्न र रोजगारी जोगाउन तथा सिर्जना गर्न अझ मद्दत गर्नेछ ।”
लघु, साना तथा मझौला उद्यमहरूले कोषको लागि निम्न लिंकमा साथै, वान टु वाचका प्रबन्ध निर्देशक, श्री सुमन जोशीले भने, “हामी नबिल बैंकलाई पार्टनर बैंकहरूको सुचीमा राख्न पाउ“दा अत्यन्त खुशी छौं । केही हप्ता अघि यो कोषको थालनी भएदेखि हामीले नेपालका विविध क्षेत्र तथा विभिन्न भुगोलका एमएसएमईबाट धेरै उत्साहजनक प्रतिक्रिया प्राप्त गरेका छौ । नबिल बैंकको सहभागितामा एसएमईलाई यस कठिन समयमा अघि बढ्न र रोजगारी जोगाउन तथा सिर्जना गर्न अझ मद्दत गर्नेछ ।”
लघु, साना तथा मझौला उद्यमहरूले कोषको लागि निम्न लिंकमा (https://rb.gy/8jqzxg) रहेको आवेदन फारम भरी कर्जा आवेदन गर्न सक्छन् ।

उक्त कार्यक्रममा नबिल बैंकका तर्फबाट प्रमुख एसएमई र लघुवित्त, निरज बस्नेत डनिल र वान टु वाचका तर्फबाट कार्यक्रम प्रबन्धक, सुब्रिना श्रेष्ठको उपस्थिति थियो ।

नबिल बैंकले देशभर ११९ वटा शाखा कार्यालयहरु, १८५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टको बृहत सञ्जाल मार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ ।

वान टु वाच एक लगानी प्रबर्धन कम्पनी हो र यो नेपाल, नेदरल्याण्ड्स र म्यानमारमा अवस्थित छ । वान टु वाचले साना र मध्यम आकारको उच्च बृद्धि तथा उच्च प्रभाव भएका कम्पनीहरूस“ग काम गर्दछन । उनीहरू आनो लगानी ब्यवस्थापन विशेषज्ञता प्रयोग गरी उद्यमीहरूलाई सहयोग पुर्याउन र स्थानीय जनताका लागि रोजगारी सिर्जना गरिरहेका छन् । वान टु वाचको समुदायले ४० भन्दा बढी स्थानीय सल्लाहकार, २०ं भन्दा बढी अन्तर्राष्ट्रिय सल्लाहकार, १३ उद्योग विशेषज्ञ, ४० माथि लगानीकर्ता र ८ संस्थागत साझेदार समावेश गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री