बिहीबार, १३ वैशाख २०८१

कोरोना निको भएका २० प्रतिशतमा मानसिक समस्या

समयपोष्ट २०७७ मंसिर १६ गते ७:३६

Advertisement

कोरोना भाइरसको संक्रमणबाट शारीरिक मात्र नभई मानसिक समस्या पनि देखिन थालेका छन् । गत हप्ता अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले कोभिड संक्रमितमा एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्या देखिनुलाई कोभिडको दीर्घकालीन लक्षणका रूपमा सार्वजनिक गरेको थियो ।

हालसम्म कोभिडले मानव शरीरमा पार्न सक्ने प्रभावबारे गरिएका अध्ययन र पुष्टि भएका लक्षणहरूमध्ये न्युरोलोजिकल समस्या र मानसिक समस्या पनि अधिकांशमा देखिन थालेको सिडिसीले जनाएको छ । सिडिसले भनेको छ, ‘केही प्रतिशतमा कोभिड संक्रमणका कारण पछि गएर स्वास्थ्य समस्या देखिने गरेको पाइन्छ । यस्ता समस्या केही व्यक्तिमा संक्रमण निको भएलगत्तै देखिए पनि केहीमा लामो समयको अन्तरालपछि देखिने गरेका छन्।

जसमध्ये न्युरोलोजिकल समस्या जस्तै, स्वाद र गन्ध थाहा नपाउनु, अनिद्रा, ध्यान केन्द्रित गर्न नसक्नु आदि ।’ साथै, मानसिक समस्याहरू जस्तै, डिप्रेसन, एन्जाइटी र तीव्र मुडमा परिवर्तन आउनुलाई समेत कोभिडको दीर्घकालीन असरको रूपमा औँल्याइएको छ । आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित यो समाग्री मञ्जु टेलरले लेखेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री