हिरोइन बन्ने सोंचमा करिश्माकी छोरी
समयपोष्ट
२०७४ पुष १० गते ३:५६
नेपाली चलचित्रकी सदावहार नायिका करिश्मा मानन्धरले छोरी कवितालाई हिरोइन बनाउन आफू तयार रहेको बताएकी छिन् ।
शनिवार छोरीको जन्मदिन परिवार र चलचित्रकर्मीसँग सेलिव्रेट गर्दै उनले भनिन् ‘विनोद र म कवितालाई हिरोइन बनाउन तयार छौं । तर हिरोइन बन्न सोचे जस्तो सजिलो छैन । त्यसका लागि शारीरिक र मानसिक रुपमा तयार हुन आवश्यक छ ।’
हाल अमेरिकामा अध्ययन गरिरहेकी कविताले आफू फिल्ममा इन्ट्री गर्न इच्छुक रहेको पनि बताईन । उनी भन्छिन्, ‘मलाई फिल्ममा अभिनय गर्न मन छ । तर, मैले जे देखेँ अनि जे हेरेँ त्यो फिल्ममा काम गर्नका लागि प्रयाप्त छैन । त्यसका लागि म मानसिक र शारीरिक रुपमा तयार हुनुपर्छ । हेरौँ भविष्यमा के हुन्छ ।’
उनले यसअघि गायक सरोज दत्तको ‘भैगो’ बोलको म्यूजिक भिडियोमा काम गरेकी थिइन् ।
प्रतिक्रिया