बुधबार, १२ वैशाख २०८१

पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्षमा नेता नेपाल

समयपोष्ट २०७४ पुष ९ गते ११:०५

एमाले नेता माधवकुमार नेपाल पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनःचयन भएका छन् । आइतवार सम्पन्न पाँचौ साधारणसभाले नेपालको नेतृत्वमा ३१ सदस्यीय नेतृत्व चयन गरेको हो ।

Advertisement

 

आगामी तीनवर्षका लागि चयन भएको कार्य समितिमा बरिष्ठ उपाध्यक्ष लक्ष्मीभक्त उपाध्याय, उपाध्यक्ष बेदुराम भुसाल, लोककृष्ण भट्टराई, विजयलालश्रेष्ठ, महासचिव गंगालाल तुलाधर, सचिव विष्णु रिजाल, कोषाध्यक्ष मोहनबहादुर केसी चयन भएका छन् ।

सदस्यहरुमा अलिअख्तर मिकरानी, उमेशलाल श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गणेश पण्डित, गायत्री आचार्य नेपाल, नागेन्द्र चौधरी, बटुकृष्ण थापा, बद्री बुढाथोकी, भानुभक्त ढकाल, रघुजी पन्त, रत्न महर्जन, सानुकुमार श्रेष्ठ, सावित्री भट्टराई, सुरेश कार्की र हिरण्यालाल श्रेष्ठ चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री