बिहीबार, १३ वैशाख २०८१

बालुवाटारमा सर्वदलिय बैठक शुरु ,बैठकमा कुन कुन दलका को को आए ?

समयपोष्ट २०७४ पुष ७ गते ६:३४

प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलिय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  शुरु भएको छ ।

Advertisement

राष्ट्रिय सभा र सरकार गठनका विषयमा राजनीतिक गतिरोध बढेपछि प्रधानमन्त्री  देउवाले  शुक्रबार बैठक बोलाएका हुन् ।

बैठकमा  नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका शीर्ष नेता सहभागी  रहेका छन् ।

बैठकमा प्रधानमन्त्री देउवासहित नेपाली काँग्रेसका नेताद्वय रामचन्द्र पौडेल तथा विमलेन्द्र निधि रहेका छन् ।

त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित माधवकुमार नेपाल, सुवास नेम्वाङ,माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायाणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सहभागी छन् ।

मधेसवादी दलबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री