शुक्रबार, १६ चैत २०८०

इयूबाट बहिर्गमनपछि बेलायतले कस्तो व्यापारिक नीति बनाउला ?

समयपोष्ट २०७४ पुष ४ गते ४:०८

बेलायती प्रधानमन्त्री टरिजा मेले बेलायतको यूरोपेली महासङ्घ (इयू) बाट हुने बहिर्गमनमा बेलायत कस्तो व्यापारिक नीतिकासाथ अघि बढ्ने भन्ने बिषयमा छलफल गर्न आफ्नो मन्त्रीमण्डलका वरिष्ठ मन्त्रीहरूसँग छलफल शुरु गरेका छन्।

प्रधानमन्त्री मेले सोमबार नै ब्रेक्जिटका बिषयमा छलफल गर्न एक शक्तिशाली समितिका सदस्यहरूसँग आगामी दिनमा बेलायतको इयूसँगको सम्बन्ध कस्तो रहने भन्ने बिषयमा पनि छलफल गर्नेछन्।
छलफल इयूको व्यापार नियमलाई पालना गरी इयू समूह राष्ट्रसँग निकट सम्बन्ध राखेर अघि बढ्ने कि यसभन्दा लचकता खोज्न बेलायतले विश्वसँग आफ्नै प्रकारको व्यापार सम्झौता गरेर अघि बढ्ने बिषयमा केन्द्रित हुने बताइएको छ ।
सोमबार नै अर्को एक छलफलमा संसदबाटै बेलायतले इयूबाट सन् २०१९ को मार्चमा छुट्टिएपछिको दुई बर्षे सङ्क्रमणकालका लागि खाका तयार गर्ने छलफलमा सहभागी हुनेछन् ।
सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री मेले सङ्क्रमणकालमा यूरोपेली बजारबारे बेलायतले वर्तमान् नीतिलाई नै निरन्तरता दिने विचार प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । -रासस/एपी
Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री