बिहीबार, १३ वैशाख २०८१

अब ठूला रोगका बिरामीलाई मासिक पाँच हजार भत्ता

समयपोष्ट २०७४ पुष ३ गते १०:१८

सरकारले ठूला रोगका बिरामीलाई प्रतिव्यक्ति मासिक पाँच हजार भत्ताको व्यवस्था गर्ने भएको छ ।मृगौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालासिस भएका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको हो ।

Advertisement

मन्त्रालयको यो निर्णयलाई आगामी मन्त्रिपरिषदमा पेश गरिने छ । मन्त्रिपरिषदबाट पारित भएको खण्डमा पिडितले राहात पाउने छन् ।

जटिल रोग लागेको बिरामीलाई जीवनयापनको लागि समस्या हुने भन्दै मन्त्रालयले जीवन निर्वाहको लागि भत्ताको व्यवस्था गर्न लागेको हो ।

यस्तै सरकारले हाल मुटु,मृगौला,क्यान्सर,अल्जाइमर,पार्किन्सन्स,हेड इन्जुरी,स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया गरी आठ रोगको निःशुल्क उपचारको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री