बुधबार, १२ वैशाख २०८१

नेरुडे लघुवित्तको साधारणसभाको मिती तय, २०.६८ प्रतिशत लाभांश पारित गर्ने

समयपोष्ट २०७४ पुष २ गते ६:१७

नेरुडे लघुवित्तले ११ औं बार्षिक साधारण सभाको मिती तय गरेको छ । कम्पनीले यहीँ पौष १९ गते साधारण सभा डाकेको हो ।

Advertisement

साधारण सभाले  १३ प्रतिशत ( तीन करोड ९७ लाख ८० हजार रुपैयाँको) बोनस तथा ७.६८ प्रतिशत (दुई करोड ३५ लाख १३ हजार) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ९ गतेदेखि २९ गतेसम्म सेयरधनी किताब बन्द गर्ने निर्णय समेत गरिसकेको छ ।

जसअनुसार पुस ८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले वितरण गर्न लागेको लाभांश प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै अधिकृत पूँजी ६० करोड कायम गर्ने, लेखापरिक्षक नियुक्ति, सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिािधित्व र्गो दुई जना सञ्चालन समिति सदस्यको निर्वाचन लगायतका प्रस्ताव रहेका छन् ।

कम्पनीको चुक्ता पूँजी ३० करोड ६० लाख रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी ३४ करोड ५७ लाख रुपैयाँ नाघ्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री