बिहीबार, १५ चैत २०८०

हिमाल दोलखा हाइड्रोपावर क्यास्केड आयोजना निर्माण अन्तिम चरणमा, राष्ट्रिय प्रशारण लाइनमा जोड्ने तयारी हुदै

समयपोष्ट २०७४ पुष १ गते ११:०२

इलाम नगरपालिका गोदक र राँगापानीमा निर्माणाधीन आठ मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रोपावर क्यास्केड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

Advertisement

उक्त जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्रमा विद्युत् उत्पादन गर्ने तयारीका साथ दु्रतगतिमा काम भइरहेको आयोजनाका प्रबन्ध निर्देशक रूपमणि राजभण्डारीले बताए । आयोजनाको चार किलोमिटर लामो क्यानल निर्माण सम्पन्न भइसकेको छ ।

राजदुवाली छेउको इन्टेकमार्फत उक्त क्यानलमा पानी लगाएर राँगापानीमा बनेको विद्युत् गृहमा पु¥याउने आयोजनाले जनाएको छ ।

विद्युत गृहमा मेसिनको जडान गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । उत्पादित विद्युत्लाई काबेली कोरिडोरमार्फत गोदक सवस्टेशनमा जडान गरिने र त्यहाँबाट राष्ट्रिय प्रशारण लाइनमा जोड्ने तयारी भइरहेको छ भने विद्युत गृहमा ट्रान्सफर्मरसहितको स्वीचयार्ड जडान सकिएको आयोजनाका जनसम्पर्क अधिकृत नरेन्द्र क्षत्रीले जानकारी दिए ।

विद्युत् लाइनका लागि करिब चार किमी ३३ केभी प्रसारण लाइनको समेत काम भइरहेको उनले जानकारी दिए ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनीको प्रवद्र्धनमा निर्मित उक्त क्यास्केड आयोजनाको निर्माण लागत रु एक अर्ब २० करोड छ । कम्पनीले करिब पाँच वर्षअघि नै इलामको राजदुवालीमा ६ दशमलव एक मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

उक्त आयोजनाबाट निस्किएको पानीलाई सदुपयोग गरी क्यास्केड आयोजना निर्माण गरिएको हो । आयोजनामा एभरेष्ट, एसबीआइ, एनआइबिएन बैंकले लगानी गरेका छन् ।

यो आयोजना निर्माणसँगै इलामको माइखोलामा हालसम्म अपरमाइ, सानिमामाइ र हिमाल दोलखाका दुई÷दुई वटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री