बिहीबार, १३ वैशाख २०८१

छोरा प्रकाशको निधनपछि प्रचण्डले छाड्ने भए लाजिम्पाट निवास

समयपोष्ट २०७४ पुष १ गते ४:३०

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाजिम्पाटको घर छाडेर ललितपुरको खुमलटारमा नयाँ निवासमा सर्ने भएका छन् ।

Advertisement

प्रचण्ड अबको केही दिनमै चक्रपथबाहिर ललितपुरको खुमलटार सर्ने भएका हुन् । प्रचण्ड निकट उच्च स्रोतले दिएको जानकारी अनुसार छोरा प्रकाशको निधनपछि पत्नि सीताले उक्त घर छाड्न भन्दै आएकी थिइन् ।

शान्तिप्रक्रिया सुरु भएपछि नयाँबजार बसेका प्रचण्ड तत्कालिन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सुझावमा उक्त घर छाडेर पाँच वर्षअघि लाजिम्पाट सरेका थिए ।

लाजिम्पाट निवास सधैं विवादमा आइरह्यो । उक्त घर प्रचण्डको कि डेराको भन्नेमा दुईथरी मत रहँदै आएको थियो ।

प्रचण्डले घर छाडेर हिंड्ने भएपछि लाजिम्पाटको त्यो घर भाडाकै भएको पुष्टि भएको छ । खुमलटारस्थित नयाँ निवास कसको हो भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री