बिहीबार, १३ वैशाख २०८१

बेलायतका राजकुमार ह्यारीको बिहेको मिति तोकियो

समयपोष्ट २०७४ मंसिर २९ गते १६:५८

बेलायतका राजकुमार ह्यारी र मेघान मर्केलको बिहेको मिति निश्चित भएको छ ।

अर्को बर्षको मे महिनाको १९ तारिखका दिन उनीहरको औपचारिक विवाह हुने मिति तय भएको हो ।

केन्जीङ्टन राजदरबारको पारिवारिक स्रोतले शुक्रबार दिएको जानकारी अनुसार उनीहरुको विवाह सेन्ट जर्ज चापेल विन्डसर कास्टलमा हुनेछ ।

वैवाहिक समारोहमा सङ्गितिक कार्यक्रम सहितको भोजभतेर पनि हुने र त्यसको सवै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।

ह्यारी र मेघानकाबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १मा उनीहरुको संयुक्त तस्वीर पहिलो पटक सार्वजनिक भएको थियो ।

उनीहरुले पहिलो पटक यही महिना क्रिसमस औपचारिक रुपमा शाही परिबारसँगै मनाउने भएका छन ।

विवाहपछि उनीहरु केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने भएका छन । राजकुमार ह्यारी बेलायती राजगद्दिको पाँचौ नम्बरका हकदार छन।

अमेरिकी चर्चित नायिका मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री