शुक्रबार, १४ वैशाख २०८१

यसबर्षको क्यान इन्फोटेक माघ ११ देखि

समयपोष्ट २०७४ मंसिर २९ गते ५:३४

यसबर्षको सूचना प्रविधि मेला क्यान इन्फोटेक माघ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

Advertisement

मेलामा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य सामाग्रीहरु प्रदर्शमा राखिने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा  बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि विशेष सहुलियतका साथ  उपलब्ध हुनेछ ।  साथै नयाँ नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट तथा अन्य उपकरणहरु समेत उपलब्ध हुने आयोजकले जनाएको छ ।

क्यान महासंघले सूचना प्रविधिको विकास  र विस्तारका लागि २२ वर्षदेखि क्यान इन्फोटेक गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री