शुक्रबार, १४ वैशाख २०८१

सिभिल लघुवित्तले बोनस पारित गराउन डाक्यो साधारणसभा

समयपोष्ट २०७४ मंसिर २८ गते १०:२८

सिभिल लघुवित्तले पुस २१ गते छैठौं वार्षिक साधारण सभा डाकेको छ । साधारण सभामा  ४७ लाख २५ हजार रूपैयाँकाे बाेनस सेयर  तथा कर प्रयोजनको लागि दुर्इ लाख ४८ हजार ६८४ रूपैयाँ नगद लाभांश पारित हुनेछ ।

Advertisement

साधारण सभा प्रयोजनको लागि लघुवित्त कम्पनीले पुस ७ गतेदेखि साधारण सभासम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

यसअनुसार पुस ६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका सेयरधनी मात्र बोनस प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री