शुक्रबार, १६ चैत २०८०

एमाले अध्यक्ष ओलीले चेम्बर अफ कमर्सको टोलीसंग भने ‘अब हडताल र बन्दको युग सकियो, ढुक्क भएर लगानी गर्नुहोस्’

समयपोष्ट २०७४ मंसिर २७ गते १३:२९

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको नेपाल विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै निजी क्षेत्रको भूमिका त्यसैअनुसार हुनुपर्ने बताएका छन् ।

Advertisement

बालकोटमा बधाई दिन गएको चेम्बर अफ कमर्सको टोलीसंग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन  ।

उनले उद्योगी व्यवसायीलाई ढुक्क भएर उद्योग कलकारखानामा लगानी गर्न ओलीले सुझाव दिए। उनले भने, “अब हडताल र बन्दको युग सकियो । अब उत्पादन, विकास र समृद्धिको युग शुरु भइसक्यो । त्यसैले ढुक्क भएर लगानी गर्नुहोस् ।” रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री