शुक्रबार, १४ वैशाख २०८१

सांग्रीला डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

समयपोष्ट २०७४ मंसिर २७ गते ६:५६

सांग्रीला डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन भएको छ ।बैंकले जारी गर्न लागेको ८० प्रतिशत हकप्रदलाई समायोजन गरि बुधबार नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । हकप्रदपछि सांग्रीलाको समायोजित सेयरमूल्य प्रतिकित्ता २३० रुपैयाँ कायम भएको छ ।

Advertisement

बुधबार बैंकको पहिलो  कारोबार  २३० रुपैयाँलाई आधार मानेर खुला भयो ।  बैंकको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य प्रतिकित्ता २९८ रुपैयाँ रहेको छ ।

यसैगरी  सांग्रिलाले चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद जारी गर्न बुधबार बुकक्लोज गरेको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट कात्तिक २३ गते एक करोड आठ लाख ६७ हजार ७९८ कित्ता हकप्रद बिक्री गर्न अनुमति पाइसकेको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । बैंकको हकप्रदमा मंसिर २६ गतेसम्म कायम सेयरधनीले अावेदन दिन पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री