बिहीबार, १३ वैशाख २०८१

प्राइम बैंकका कहिलेसम्म कायम सेयरधनीले लाभांस वापतको कर आफै तिनुपर्ने ?

समयपोष्ट २०७४ मंसिर २७ गते ६:४०

प्राइम कमर्सियल बैंकले पुस २५ गते १० औँ वार्षिक साधारण सभा डाकेको छ । साधारण सभामा बैंकले गतआर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने २७ प्रतिशत लाभांस पारित गर्नेछ ।

Advertisement

साधारण सभा प्रयोजनको लागि बैंकले पुस ५ गतेदेखि २५ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकले प्रस्ताव गरेको लाभांस पाउन र साधारण सभामा भाग लिन पुष ४ गतेसम्म बैंकको सेयरधनी कायम हुनुपर्नेछ ।

बैंकले हाल कायम चुक्ता पूँजी ६ अर्ब ३२ करोड ५४ लाख रुपैयाँको २७ प्रतिशतले हुने १ अर्ब ७० करोड ७८ लाख रुपैयाँ बराबरको बोनस बितरणको प्रस्ताव गरेको हो । बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

साथै बैंकले गत वैशाख १७ गते भन्दा पछाडी बनेका शेयरधनीले लाभांस वापतको कर आफै तिनुपर्ने जनाएको छ । ०७४ बैशाख १७ गते सम्म कायम शेयरधनीले भने लाभांस वापतको कर छुट पाउनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री