शुक्रबार, ७ वैशाख २०८१

भार्गव विकास बैंकको हकप्रदमा आवेदन दिने म्याद पन्ध्र दिन थप

समयपोष्ट २०७४ मंसिर २६ गते ८:२९

भार्गव विकास बैंकले ८० प्रतिशत हकप्रदमा आवेदन गर्ने मिती थप गरेको छ । थप मिती अनुसार अब लगानीकर्ताले बैंकको हकप्रदमा पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।  यसअघि कात्तिक २४ गतेदेखि मंसिर २८ गतेसम्म हकप्रदमा आवेदन गर्ने म्याद तोकिएको थियो ।

Advertisement

बैंकले १० बराबर ८ को अनुपातमा एक सय रुपैयाँ अंकित मूल्यका २१ लाख १२ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कात्तिक १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि आवेदन दिन सक्नेछन्

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एमएमबि क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा भार्गव विकास बैंकका सम्पूर्ण शाखा कार्यालय र एनएमबि बैंक विभिन्नको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री