शनिबार, १५ वैशाख २०८१

भक्तपुर–१ मा नारायणमान विजुक्छेका उत्तराधिकारी प्रेम सुवाल विजयी

समयपोष्ट २०७४ मंसिर २५ गते १०:१६

भक्तपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी भएका छन्।

Advertisement

सुवालले ३३ हजार ०७६ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत प्राप्त गरे ।

यस्तै, क्षेत्र नं १ प्रदेश ‘क’ मा एमालेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत प्राप्त गरेका छन । नेपाल मजदुर किसान पार्टीका नीरज लवजूले सात हजार १९ मत तथा माओवादी केन्द्रका डिपी ढकालले ७८४ मत प्राप्त गरे ।

क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेमकिपाका सुरेन्द्रराज गोसार्इंले २३ हजार १६४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका रोमन शिलाकारले सात हजार ७३१ मत ल्याए। काँग्रेसका अनिल भुजूले पाँच हजार ३०२ मत प्राप्त गरे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री