शुक्रबार, १४ वैशाख २०८१

ज्योति विकास बैंकले १० प्रतिशत् लाभांस दिने

समयपोष्ट २०७४ मंसिर २५ गते ६:३४

ज्योति विकास बैंकले १० प्रतिशत् लाभांस घोषणा गरेको छ । बैंकको मंसिर २४ गते आइतबार बसेको संचालक समिति बैठकले १० प्रतिशत् लाभांस घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने २२ करोड ८ लाख ६३ हजार ४२० रुपैयाँ बोनस वापत वितरण गर्नेछ । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री