शनिबार, २२ फागुन २०७७

बाम गठबन्धनको विजयलाई सेयर बजारले गर्यो लाल सलाम

समयपोष्ट २०७४ मंसिर २४ गते ९:४३

आइतबार नेप्से ६.०५ अंकले घटेको छ । कारोबारको सुरुवाती समयमा १५५६ सम्म पुगेको नेप्से १५३०.४९ अंकमा अडेको छ ।

Advertisement

आज १ सय ५८ कम्पनीका १२ लाख १२ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ८४ करोड ७० लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।

उत्पादन मूलक समूह ४०.२४ र अन्य समूह २.०३ अंकले बढेका छन् । बैकिङ समूह ३.७९, होटल समूह १४.७८, विकास बैंक समूह ५.४७, जलविद्युत समूह १३.७२, वित्तिय समूह ८.४५, बीमा समूह ७२.८२, र माइक्रोफाइनान्स २०.३४ अंकले घटेका छन् ।

Advertisement

बोटलर्स नेपाल (तराई)का सेयर धनीले १० प्रतिशतले कमाएका छन् । सेन्ट्रल फाइनान्सका सेयर धनीले ४.७१ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री