शुक्रबार, १६ चैत २०८०

काठमाडौं क्षेत्र नं. २ बाट १२ हजार बढी मतान्तरले माधवकुमार नेपाल विजयी

समयपोष्ट २०७४ मंसिर २३ गते ११:४४

काठमाडौं क्षेत्र नं. २ बाट एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

Advertisement

नेपाल २७ हजार ३ सय ६६ मत ल्याउँदै विजयी भएका हुन् । नेपालका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दिपक कुइँकेलले १४ हजार ९ सय २ मत ल्याए ।

निर्वाचित भएपछि राष्ट्रिय सभा गृहमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता नेपालले  अवको कार्यभार नयाँ सरकार गठन र पार्टी एकीकरण रहेको बताए । 

‘जनताले चम्किरहेको सुर्य जस्तै परिवर्तजका लागि नयाँ शक्ति खोजेका छन् । जनताले के चाहेका छन् अब त्यसमा हामीले ध्यान दिनुपर्छ । यूवाहरु, गरिव जनताले के चाहेका छन् त्यो पूरा गर्नुपर्छ । जनतामा राष्टियताको भावना अघि बढाउनु पर्छ । न्याय समनता र समृद्धीको बाटोमा अघि बड्नुपर्छ । बाम गठबन्धनले विजयी हुँदैमा लोकतन्त्र कटौती हुन्छ भन्नेमा कसैले आशंका नगरे हुन्छ’ उनले भने । 

उनले जनताले परिवर्तन खोजको, लोकतन्त्र र देशलाई बलियो बनाँउन बाम शक्ति आएको बताए । उनले बाम शक्ति विजयको उन्मादमा नमात्तिन र पराजितलाई आत्तिन  समेत आग्रह गरे । उनले विपक्षीलाई साथमा लिन सक्नुपर्ने र बिपक्षीले हारको तोडमा ध्वंश र नकारात्मताको बाटोमा जान नहुने बताए ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री