शुक्रबार, १४ वैशाख २०८१

 बाम गठबन्धनका यी उम्मेदवार अहिलेसम्मकै अत्यधिक मत सहित विजयी भए

समयपोष्ट २०७४ मंसिर २३ गते ७:४५

दोलखामा प्रतिनिधिसभाका सदस्य वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङले ५५ हजार ९५४ मत प्राप्त गरी विजयी भएका छन । 

Advertisement

गुरुङका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रुद्रबहादुर खडकाले २५ हजार ८०१ मत प्राप्त गरेका छन । गुरुङले खड्का भन्दा ३० हजार १५३ मत बढी ल्याएर विजयी भएको  दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिए। 

प्रदेशसभा क मा वाम गठबन्धनका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता विशाल खड्काले २८ हजार ३५० मत प्राप्त गरी विजयी भएका छन्। 

काँग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत प्राप्त गरेका छन । प्रदेशसभा ख मा वाम गठबन्धनका उम्मेदवार तथा एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागार्इंले २३ हजार ३८ मत प्राप्त गरी विजयी भएका छन, भने काँग्रेसका केशव चौलागार्इंले १० हजार ८८० र मालेका लालकुमार केसीले तीन हजार ४१५ मत प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री