बिहीबार, १३ वैशाख २०८१

प्रकाशमान सिंहसंग पराजित भएपछि विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले दिए यस्तो प्रतिक्रिया

समयपोष्ट २०७४ मंसिर २३ गते १:५४

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि कांग्रेस नेता प्रकाशमान सिंह विजयी भएका छन् । सिंहले १० हजार ९ सय ३६ मत पाए भने निकटतम प्रतिस्पर्धी मिश्रले १० हजार १ सय १८ मत पाए ।

Advertisement

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले यस क्षत्रबाट विजयी बनेका काँग्रेस नेता प्रकाशमान सिंहलाई टेलिफोनबाट बधाई तथा शुभकामना दिएका छन् । 

समाजिक सञ्जालमार्फत प्रकाशित विज्ञप्तिमा उनले पराजयका वावजुद देश बनाएर छाड्ने अठोटमा निरन्तर लागि रहने बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, यो देश बनाएरै छोड्ने हाम्रो अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने छ भन्नेमा हामी विश्वस्त छौँ। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो !

यस्तो छ मिश्रको विज्ञप्ति

काठमाडौं क्षेत्र नं १ को परिणामबारे प्रेस विज्ञप्ति

विवेकशील साझा पार्टीको तर्फबाट मैले काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि दिएको उमेदवारीमा मलाई विश्वास गर्ने मतदाताहरू, नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुक, समर्थक, स्वयंसेवी, संचारकर्मी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।
काठमाडौं क्षेत्र नं १ बाट मेरोभन्दा ८१९ मत बढी लेराएर लगातार तेस्रो पटक विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहलाई मैले एकैछिन अघि फोन गरेर बधाई तथा शुभकामना दिएको छु।
विवेकशील साझा पार्टी निर्माणको प्रक्रिया सुरु भएको ४ महिनामैं विना सङ्गठन उमेदवारी दिँदा पनि म लगायत हाम्रो पार्टीलाई भरपर्दो विकल्पका रूपमा हेरिएको तथ्यलाई मैले अत्यन्तै उत्साहजनकरूपमा लिएको छु।
“यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व” नाराका साथ चुनावमा होमिएको विवेकशील साझाले राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जित्नु र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नु पर्ने थियो। समानुपातिकतर्फ विवेकशील साझाले सोचेभन्दा बढी मत हासिल गर्ने अपेक्षा गरेका छौं।

उदाएको थिएन। अब देशभरी अभिव्यक्त सदभावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् यो देशको नेतृत्व गर्नका लागि आफुहरूलाई तयार पार्नु हाम्रो चुनौति हुनेछ।
यो देश बनाएरै छोड्ने हाम्रो अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने छ भन्नेमा हामी विश्वस्त छौँ। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो१

रवीन्द्र मिश्र
उमेदवार, काठमाडौं क्षेत्र नं १
संयोजक, विवेकशील साझा पार्टी

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री