शुक्रबार, ७ वैशाख २०८१

शिवपुजन राय यादवको उम्मेदवारी खारेज होला त ? सर्वोच्चले आज टुंगो लगाउदै

समयपोष्ट २०७४ मंसिर २० गते ६:३८

निर्वाचनको ठिक अघिल्लो दिन बुधबार सर्वोच्च अदालतले निर्वाचन आयोगलाई छलफलको लागि डाकेको छ । अदालतले सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारीको विषयमा छलफल गर्न आयोगलाई सर्वोच्च डाकेको हो । 

Advertisement

अदालतले यादवको उम्मेदवारी मनोनयन खारेज हुने कि नहुने भन्ने सम्बन्धमा आज निर्णय गर्दैछ । उनीमाथि कुटनीतिक राहदानी दुरुपयोगको आरोप छ । यादवले  निर्वाचनको १० दिन अघि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि सर्वोच्चमा रिट हालेका थिए ।

पहिलो संविधानसभामा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट सभासद रहेका यावदलाई निर्वाचन आयोगले राहदानी दुरुपयोगमा विषेश अदालतले दोषी ठहर गरेको भन्दै उम्मेदवारी खारेज गरेको थियो । विषेश अदालतले चार महिना कैद र १५ हजार रुपैयाँ जरिवाना समेत तोकेको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री