शुक्रबार, १४ वैशाख २०८१

नेप्से १.९ अंकले घट्यो,५७ करोडको सेयर किनबेच

समयपोष्ट २०७४ मंसिर १९ गते ९:३३


मंगलबार नेप्से परिसुचक १.९ अंकले घटेर १५२४.८७ अंकमा झरेको छ । यसदिन १ सय ६३ कम्पनीको १० लाख कित्ता सेयर ५७ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी बुटवल पावर कम्पनीको सेयर किनबेच भएको छ । 
आज उसुचकहरु मिश्रित देखिएका छन् । ब्यापार समुह,बिमा समुह,उत्पादनमुलक समुह र लघुवित्त समुह उपसुचकहरु बढेका छन् । ब्यापार समुह ०.०९,बिमा २७.४,उत्पादनमुलक ३.२२ र लघुवित्त समुह ६.६१ अंकले बढेको छ । 
आज बाणिज्य बैंक समुह २.९,होटल १७.५७,विकास बैंक २.८६,जलविद्युत १३.७३,फाईनान्स १.३९, र अन्य समुह २.८९ अंकले घटेका छन् । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री