बिहीबार, १३ वैशाख २०८१

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशी बैंकबाट वाहिरिए,फागुन ५ गतेदेखि लागू हुने

समयपोष्ट २०७४ मंसिर १९ गते ७:१७

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले बैंकबाट राजीनामा दिएका छन् । जोशीको राजीनामा बैंकको सोमबार बसेको संचालक समिति बैठकले स्वीकृत गरेको छ । जोशीको राजीनामा आगामी फागुन ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको बैंकले जनाएको छ । जोशीले ०७२ असार १३ गतेबाट नबिल बैंकको ब्यवस्थापकीय नेतृत्व सम्हालेका थिए। उनले साढे बाह्र बर्ष एनआइसी एसियामा प्रमुख कार्यकारीको रुपमा काम गरिसकेका छन् । उनी एनआइसी एसिया बैंकमा प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर  नबिल गएका थिए । जोशीसँग बैकिङ क्षेत्रमा ३२ बर्ष काम गरेको लामो अनुभव छ ।  

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री