शनिबार, ८ वैशाख २०८१

प्रिमियर इन्स्योरेन्सलाई एफपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति

समयपोष्ट २०७४ मंसिर १९ गते ५:३९

नेपाल धितोपत्र बोर्डले प्रिमियर इन्स्योरेन्सलाई ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता एफपीओ जारी गर्न स्विकृती दिएको छ । बोर्डको स्विकृतीसंगै कम्पनीले एक सय रुपैंया अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरी ७९९ रुपैंयाको दरमा सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको एफपीओ बिक्री गर्न लागेको हो । कम्पनीको एफपीओ निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ । 

Advertisement

सोमबार दोस्रोबजारमा कम्पनीको सेयर प्रतिकित्ता १५५७ रुपैयाँमा कारोबार भएको छ । चुक्ता पूँजी ४४ करोड ८५ लाख चार हजार रुपैयाँ रहेको कम्पनीको पूँजी एफपिओ निष्काशन पश्चात ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री