शुक्रबार, ७ वैशाख २०८१

रुकुमका २ मतदान केन्द्रमा मतदान जारी

समयपोष्ट २०७४ मंसिर १५ गते ६:४५

रुकुमका २ मतदान केन्द्रमा आज मतदान भइरहेको छ ।गत मंसिर १० गते स्थगित भएको पश्चिम रुकुमका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक÷एक मतदान केन्द्रमा आज पुनः मतदान भएको हो ।दुवै मतदान केन्द्रमा शुक्रबार बिहानैबाट शान्तिपूर्ण मतदान भइरहेको छ । बाँफीकोटको रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा र आठबिसकोटको नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मतदान भइरहेको रुकुम पश्चिमको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Advertisement

बाफिकोटमा ६७२ र आठविसकोटमा ७५६ भोट मतदाता रहेका छन् । १० मंसिरमा भएको निर्वाचनका क्रममा मतपेटिकामा एसिड हालेपछि मतपत्र जलेका थिए । त्यसपछि मतदान स्थगित गरिएको थियो । एसिड हालेको आशंकामा प्रहरीले बाँफीकोटबाट कल्पना केसी र आठ बिसकोटबाट केशव खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
खड्का काङ्ग्रेस कार्यकर्ता हुन् । उनी मतदान केन्द्रमा काङ्ग्रेसको प्रतिनिधिको रुपमा खटिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री