ज्योति विकास बैंकले एकै दिन ३ नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ।
बैंकले सोमबार काठमाण्डौ महानगरपालिकाको रातोपुल, नागार्जुन नगरपालिकाको सीतापाईला र ललितपुर महानगरपालिकाको झम्सीखेलमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो।
ललितपुर महानगरपालिका वडा नं ३ झम्सीखेल स्थित बैंकको नयाँ शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरे । उद्घाटनमा बोल्दै मेयर महर्जनले बैंकिङ्ग क्षेत्र निकै संवेदनशील रहेको र राष्ट्र बैंकको नियम र अनुशासनमा रहनुपर्ने व्यवस्थाको बीच यस क्षेत्र सशक्त रुपमा अघि बढेको कुरामा जोड दिए । साथै उनले ज्योति विकास बैंकले पनि सोहि अनुरुपको अनुशासनमा रहि उत्कृष्ट सेवा पुर्याउनेमा आफू विश्वस्त रहेको बताए।
त्यस्तै नागार्जुन नगरपालिका वडा नं ४ सीतापाईला स्थित शाखाको उद्घाटन बैंकका पूर्व अध्यक्ष तथा संस्थापक शेयरधनी श्री ध्रुव कुमार उप्रेतीले गरे । साथै, बैंकको काठमाण्डौ महानगरपालिका वडा नं ७, रातोपुल शाखाको उद्घाटन संचालक समितिका सदस्य जगदीश्वर प्रसाद अधिकारीले गरे ।
उद्घाटन समारोहमा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले बैंकले आवश्यक न्यूनतम चुक्तापूँजी भन्दा बढी चुक्तापूँजी सहित अत्यन्त सबल पूँजीकोष कायम राख्दै एक विशिष्ट वित्तीय संस्था निर्माण गर्ने दिशामा अघि बढेकोले अन्य वित्तीय संस्थाहरुसँग विलय नभई आफै सशक्त रुपले अघि बढ्ने जानकारी दिए । साथै व्यवासायिक नाफा भन्दा माथि उठेर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्य गर्न एक विशिष्ट कोष खडा गरी समस्त नागरिकरुको हितमा कार्य बैंक तत्पर रहेको बताए ।
उद्घाटन समारोहमा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, बैंकका अन्य कर्मचारी, ग्राहकवर्गहरु तथा स्थानिय व्यवासायीहरुको पनि उपस्थिति रहेको थियो।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ब्त्ः मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु। ३१ अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु। २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।











प्रतिक्रिया