शुक्रबार, १४ वैशाख २०८१

कियाको सेल्टोस अनावरण, सुरुवाती बुकिङमा डेढ लाखसम्म नगद छुट

समयपोष्ट २०७६ पुष ४ गते १३:५२

Advertisement

विश्वप्रख्यात कोरियन गाडी उत्पादक कम्पनी किया मोटर्सले बहुप्रतिक्षित किया सेल्टोस कार अनावरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच कम्पनीले केही दिन अघि मात्र नेपाल भित्राएको उक्त गाडी लञ्च गरेको हो । सुरुवाती बुकिङमा १ लाख ५० हजार सम्मको नगद छुटको सुविधा दिएको कम्पनीले जनाएको छ । सेल्टोसको मुल्य नेपाली बजारमा ४९ लाख ९० हजार देखि ६६ लाख ९९ हजार सम्म पर्ने कम्पनीले जनाएको छ ।

यसका साथै कम्पनीले आजै ललितपुरको जावलाखेलमा अत्याधुनिक सुबिधा सहितको शोरुम सञ्चालनमा ल्याएको छ ।

थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्)सहितको शोरुमको ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गरेका छन् ।

शोरुममा कियाबाट उत्पादन भएका नेपालमा उपलब्ध सबै गाडी उपलब्ध हुनुका साथै बिक्रीपछिको सेवापनि दिने कम्पनीले जनाएको छ । करिब ३ रोपनी क्षेत्रफल रहेको शोरुममा २५ जना भन्दा बढी प्राबिधिक तथा कर्मचारी सेवामा रहनेछन ।

शोरुम उद्घाटनसँगै नेपालमा बहुप्रतिक्षित किया सेल्टोस कार पनि अनावरण हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री