उर्जा बचत कार्य गरे वापत वाणिज्य बैंकद्धारा विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारको सहयोगमा संचालित’इनर्जि इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत पाँच कम्पनीलाई रकम मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुंदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान हस्तान्तरण गरेको छ ।

Advertisement

बैंकले बिहीबार एक कार्यक्रमकाबीच नेपाल सालिमार सिमेन्ट प्रा.लि.लाई एक करोड रुपैंया, नेपाल डेरीलाई १८ लाख ५ सय अठसठ्ठी रुपैंया पैसा पैंतीस, पन्चकन्या स्टिल प्रा.लि. लाई १३ लाख ९९ हजार एक सय दुई रुपैंया पैसा त्रिचालिस, प्रिमियर वायर्स प्रा.लि. लाई ५ लाख ५० हजार ८ सय रुपैंया पैसा पन्ध्र, बागमती आयल इन्डष्ट्रिजलाई एक लाख पैंसठ्ठी हजार ९ सय रुपैंयाको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा अधिकृत श्रेष्ठले अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान समेत गरे ।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले’इनर्जि इफिसियन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट याक्जिक्युटींग एजेन्सी (पिइए) को रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ ।

यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ ।

Advertisement

यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकरी अधिकृतहरु टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देबेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, केएफडब्लुका नेपाल प्रतिनीधि उर्जा विशेषज्ञ निरज सुवेदी, एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, जिआइजि नेपालका प्राविधिक सल्लाहकार डा. नारायणप्रसाद चौलागार्इं, बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक राजु लौडारी, अनुदान रकम प्राप्त गर्ने कम्पनीका प्रतिनीधिहरु लगायतको उपस्थिती रहेको थियो । उपप्रबन्धक होमराज भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री