शुक्रबार, १४ वैशाख २०८१

इथियोपियाली विज्ञद्वारा नवीकरणीय ऊर्जा क्षेत्रको अध्ययन

rss २०७६ मंसिर २८ गते १३:३२

Advertisement

नेपालमा नवीकरणीय ऊर्जाका प्रविधि, यसको विकास र विस्तारका लागि लागू गरिएका नीति नियमहरु तथा सरकारी र निजी क्षेत्रको सहभागिताको बारेमा सङ्घीय प्रजातान्त्रिक गणतन्त्र इथियोपियाको एक उच्चस्तरीय प्रतिनिधिमण्डल बृहत अध्ययन गरेको छ ।
साताव्यापी अध्ययनको क्रममा नेपाल आएको टोलीले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित परियोजना, विभिन्न प्रविधिहरुको गुणस्तर मापन र नियमनका लागि गठित नवीकरणीय ऊर्जा परीक्षण केन्द्र, नवीकरणीय ऊर्जा कोष परिचान तथा ग्रामीण प्रविधि केन्द्रलगायत विभिन्न गैरसरकारी संस्था र निजी क्षेत्रले गरेका कामहरुका बारेमा पनि अध्ययन गरेको थियो ।
ठूला क्षमताका जलविद्युत्् परियोजनाहरु निर्माण गरेसँगै नवीकरणीय ऊर्जाका क्षेत्रमा पनि राम्रो प्रगति हासिल गर्न सफल इथियोपियाली विज्ञ टालीको नेपाल भ्रमणले लगानीका अवसर र ज्ञानको आदानप्रदान गर्न सहयोग पुग्ने नवीकरणीय ऊर्जा परिसङ्घ नेपालका अध्यक्ष गुणराज ढकालले बताउनुभयो ।
छोटो समयमै नेपालले नवीकरणीय ऊर्जा क्षेत्रमा निकै प्रगति गरेको र यहाँको नीति, सरकारी, गैरसरकारी एवम् निजी क्षेत्रको सहभागिता निकै सह्राहनीय भएको बताउँदै यसबाट आफ्नो देशले धेरै कुरा सिक्न पाएको टोली प्रमुख जलश्रोत, सिँचाइ तथा ऊर्जा मन्त्रालयका टेसफाए एलेमाएहुले बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय पूँजी विकास कोष इथियोपियाको आयोजना र नवीकरणीय ऊर्जा परिसङ्घ नेपालको व्यवस्थापनमा आएको अध्ययन टोलीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका तीन र जलश्रोत, सिँचाइ तथा ऊर्जा मन्त्रालयका १२ जना गरी १५ जनाको सहभागिता थियो । भ्रमण पूरा गरी अध्ययन टोली शनिवार स्वदेश फर्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री