शुक्रबार, १४ वैशाख २०८१

प्रभु इन्स्योरेन्सले घोषण गर्यो १६.३२ प्रतिशत लाभांश

समयपोष्ट २०७६ मंसिर २७ गते १३:२०

Advertisement

प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको बिहीबार बसेको संचालक समितिको ३७८ औं बैठकले १६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले गत आर्थिक वर्ष सम्मको वितरण योग्य संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

कम्पनीको उक्त लाभांश बीमा समितिले स्वीकृति गरेपछि आगामी २४ औं वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीले पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री