सोमबार, १७ वैशाख २०८१

एशियन लाईफ ईन्स्योरेन्स सत्रौंं वर्षमा प्रवेश

समयपोष्ट २०८० चैत २१ गते १७:२४

Advertisement

यस एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको सोह्रौं वर्ष पुरा गरी सत्रौंं वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको हो । सत्रौंंंं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०८० चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा रक्तदान जीवनदान भन्ने नारालाई आत्मसाथ गर्दै मिति २०८०/१२/२१ गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा कम्पनीको प्रधान कार्यालयका साथै काठमाण्डौं उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि समेत ७० जनाले रक्तदान गरेका छन् । वार्षिकोत्सवका अवसरमा चैत्र १७ गते काठमाडौं उपत्यकाभित्रका कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो ।

साथै देशभरका ८० वटा शाखा,उपशाखा कार्यालयहरुमार्फत् वृद्धाआश्रम, सामुदायीक विद्यालय, अनाथालय तथा सामाजिक संघ संस्थाहरुलाई शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर लगायत जिन्सी सामाग्री वितरण गरेका छन् ।

वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा सोह« वर्षदेखि निरन्तर सहयोग पु¥याउँदै आउनुभएका सम्पूर्ण शुभेच्छुकहरुमा हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले जीवन उत्कृष्ट बीमा सेवा प्रवाह गर्दै बीमित र शेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्नका लागी कम्पनी प्रतिबद्ध रहेको व्यक्त गर्नुभयो ।

यस कम्पनीको चालू आ.व. २०८०/८१ को फागुनसम्ममा जीवन बीमाकोष रु ४१ अर्ब ३० करोड र कूल बीमाशुल्क रु. ४९ अर्ब रहेको छ । कूल लगानी रु. ४६ अर्ब १० करोड छ । यसैगरी चालू आर्थिक वर्ष २०८०÷८१ को फागुन मसान्तसम्ममा कूल बीमाशुल्क रु. ५ अर्ब १५ करोड ८७ लाख आर्जन गरेको छ ।

कम्पनीमा १२ लाख ८२ हजार सकृय बीमालेख छन् । रु.३ अर्ब ३९ करोड ९८ लाख (सूचीकृत हुन बाँकी बोनश शेयर समेत) करोड चुक्ता पूँजी रहेको कम्पनीले निकट भविष्यमै ४२ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री