शुक्रबार, १४ वैशाख २०८१

बोक्साको आरोपमा वडाध्यक्षमाथि कुटपिट, मलमुत्र खुवाउने प्रयास

समयपोष्ट २०७६ मंसिर २३ गते १४:०१

Advertisement

बोक्साको आरोपमा वडाध्यक्षमाथि कुटपिट भएको छ ।

चितवन इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गरेको हो । उनलाई कालोमोसो मोसो दलेर मानव मलमुत्र खुवाउने प्रयाससमेत भएको छ ।

जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो । त्यही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री