शनिबार, ८ वैशाख २०८१

चिट्ठामा जितेकाे पैसाले खेत किने, खन्ने क्रममा माटोको भाँडाभित्र भेटियो सय वर्ष पुरानो खजाना

समयपोष्ट २०७६ मंसिर २३ गते १३:५१

Advertisement

भारतको केरलका ६६ वर्षका बी. रत्नाकर पिल्लईले गत वर्ष क्रिसमसमा ६ करोड भारु चिट्ठामा जिते ।

उक्त पैसाले उनले खेत किने । खेत नजिकै पुरानो कृष्ण मन्दिर थियो । पिल्लईले उक्त खेतमा सख्खरखण्डको खेती सुरु गर्ने निधो गरे । मंगलबार खेत खन्ने बेला उनले माटोको भाँडोमा गाडिएको अवस्थामा राखिएको दुई हजार ५ सय ९५ वटा सय वर्ष पुरानो तामाका सिक्का भेटे ।

सिक्काको तौल २० किलो चार सय ग्राम रहेको सिक्का त्रावणकोर साम्राज्यका हुन् । यसको मूल्य अहिले नै पत्ता लाग्न सकेको छैन । यसलाई सफा गर्न ल्याब पठाइएको छ । सफा भएपछि विशेषज्ञले यसको मूल्य निर्धारण गर्ने भारतीय संचार माध्यमले जनाएका छन्।

सिक्का त्रावणकोरका दुई महाराजाको शासनकालको क्रममा चलनमा थियो । त्रावणकोरको शासन सन् १८८५ देखि १९४९ सम्म रहेको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री