शुक्रबार, १४ वैशाख २०८१

विवाहमा उपहार साढे दुई केजी प्याज !

समयपोष्ट २०७६ मंसिर २३ गते १३:३९

Advertisement

विवाहमा एक जोडीले उपहार स्वरुप साढे दुई केजी प्याज पाएका छन् ।

भारतको तिमलनाडुको कुड्डालोरमा नवविवाहित शाहुल र सबरिनालाई उपहारमा प्याज दिईएको भारतिय मिडियाले लेखेका छन् ।

नवविवाहितले प्याज पाउँदा केही समयका लागि आफू अचम्मित भएको बताए । रिसेप्सनको क्रममा उपहारमा दिइएको प्याजको पनि अत्यधिक चर्चा भयो । आजकाल उक्त राज्यमा प्याजको मूल्य दुई सय भारु प्रतिकिलो छ । आफूहरुले साढे दुई किलो प्याज पाँचसय भारुमा खरिद गरेको चेतनले बताए ।

शाहुलका अनुसार यो उपहार उनका साथी जी. चेतनसमेत ६ साथीले दिएका हुन् । चेतनका अनुसार दुलहा र उनका परिवारले विवाहमा बिरयानीसँग प्याज हालिएको रायता सर्भ गर्न चाहन्थे तर यसको मूल्य धेरै भएका कारण यस्तो गर्न सकेनन् । पछि उनीहरुले काँक्रोको रायता बनाउने निर्णय गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री