शुक्रबार, १६ चैत २०८०

सैफको विवाहको प्रस्ताव करिनाले दुईपटकसम्म अस्विकार गरेकी थिइन्

समयपोष्ट २०७६ मंसिर १६ गते १३:३२

Advertisement

बलिउड अभिनेत्री करीना कपूरले अभिनेता सैफ अली खानसँगको विवाह बारे कुरा गरेकी छिन् ।

एक कार्यक्रममा करीनाले सैफले दुई पटक प्रपोज गर्दा पनि अस्विकार गरेको बताएकी छिन् ।

सैफले उनलाई ग्रिसमा पहिलोपटक विवाहको लागि प्रपोज गरेका थिए तर उनले अस्विकार गरिदिइन् । करीनालाई सैफले विवाह गरौँ भनेर दुई पटक आग्रह गर्दा पनि करीनाले विवाह नगर्ने अडान लिएकी थिइन् । तर उनले सैफलाई बुझ्न केही समय मागेकी थिइन् ।

तर, उनी अहिले सैफसँग विवाह गर्नु करियरकै सबैभन्दा ठूलो फैसला भएको बताउँछिन् । उनीहरु सन् २००८ मा फिल्म ‘टशन’ बाट नजिकिएका थिए ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री