शनिबार, ८ वैशाख २०८१

आइएमई जनरल इन्स्योरेन्सको ८० प्रतिशत हकप्रद सुरक्षित गर्नुभयो ?

समयपोष्ट २०७५ मंसिर ६ गते ७:३०

आइएमई जनरल इन्स्योरेन्सले मंसिर ९ गते बुक क्लोज मिति तोकेको छ । इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनका लागि ९ गते बुक क्लोज गर्ने भएको हो । यससंगै आजसम्म कायम शेयरधनीले मात्र इन्स्योरेन्सको हकप्रद शेयरमा आबेदन दिन सक्नेछन् ।

Advertisement

कम्पनीले असोज १० गते बसेको बीसौँ साधारण सभाबाट चुक्ता पूँजीको १०ः८ को अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो ।

कम्पनीले शेयर विक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । त्यसैगरी कम्पनीले आधारभुत शेयरधनीहरु (चुक्ता पूँजीको एक प्रतिशत र सोभन्दा बढी शेयर धारण गर्ने शेयरधनीहरु) ले आफ्नो हकप्रद शेयर बापतको रकम मंसिर २३ गतेभित्र जम्मा गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री