मंगलबार, ८ जेठ २०८१

आमिरले जुहीलाई थुकेपछि टुटेको थियो यी दुईको सम्बन्ध

समयपोष्ट २०७५ कार्तिक २७ गते ९:५६

अभिनेत्री जुही चावला र अभिनेता आमिर खानको दोस्ति कुनै बेला निकै जमेको थियो । फिल्म ‘कयामत से कयामत तक’ बाट अगाडी बढेको यी दुईको मित्रता सन् १९९७ मा आएको फिल्म ‘ईश्क’ को सेटबाट नराम्रोसंग टुट्यो ।

Advertisement

के भएको थियो ?

‘ईश्क’ को सुटिङको क्रममा आमिरले जूहीसँग ठट्टा गर्नका लागि आफूलाई हस्तरेखासम्बन्धि राम्रो ज्ञान भएको बताए । यो कुरा सुन्ने बित्तिकै जुहीले आमिरको अगाडि आफ्नो हात बढाइन् तब आमिरले उनको हातमाथि थुकेर त्यहाँबाट भागे । आमिरले यस्तो ठट्टाका लागि गरेपनि जुही भने उनको व्यवहारले निकै रिसाइन् र आमिरसँग कुरा गर्न नै बन्द गरिन् । जुहीलाई आमिरको त्यो ठट्टा यति नराम्रो लाग्यो कि फिल्मको सुिटङ पुरा भएपछि उनले आमिरसँग फिल्म नखेल्ने निर्णयसम्म लिइन् ।

यद्यपी, घटनाको पाँच, ६ वर्षपछि जुहीले आमिरसँगको झगडा तोड्दै कुराकानी सुचारु गरिन् ।

जुहीले आमिरसँग विभिन्न हिट फिल्ममा काम गरिन् जसमा ‘कयामत से कयामत कयामत तक’, ‘दौलत की जंग’, ‘हम हे राही प्यार के’ र ‘इश्क’ जस्ता फिल्म समावेश छन् । बलिउडमा उनको फिल्मको कुरा गर्ने हो भने उनले सबैभन्दा धेरै शाहरुख खानसँग काम गरेकी छिन् । जुहीले फिल्मबाहेक विज्ञापन र मोडलिङमा पनि हात हालिन् । आफ्नो फिल्मी करियरमा जुहीले हिन्दीबाहेक कन्नड, मलयालम, तमिल, तेलुगु, पंजाबी र बंगाली भाषाको फिल्ममा काम गरेकी छिन् ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री