पन्ध्र अंकले बढ्यो नेप्से

नेप्से परिसूचक १५.८३ अंक बढेर २६८३.२४ विन्दुमा पुगेको छ।

Advertisement

सेन्सेटिभ इण्डेक्स १.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक बढेको छ।

३०९ स्टकको ६५ हजार ८२४ पटकको कारोबारमा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। २ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक २.२७ प्रतिशत बढेको छ। विकास बैंक, होटल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।

बेस्ट फाइनान्स र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९१ प्रतिशत बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.८५ प्रतिशत, स्वाभिमान लघुवित्तको ९.७८ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.६९ प्रतिशत बढेको छ। ङादी ग्रुप पावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ५४ रुपैयाँ ९० पैसा घटेर ४९४ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।

Advertisement

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५४ करोड रुपैयाँबराबको शेयर खरिदबिक्री भएको छ। बेस्ट फाइनान्सको २५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको २० करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री