रवि लामिछाने र छविलाल जोशीविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा रकम अपचलनको आरोपमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

Advertisement

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले लामिछाने र उनका व्यापारिक साझेदार, पूर्व डीआईजी छबिलाल जोशी,लाई थुनामा राखी अनुसन्धान गर्न आदेश दिएका छन्। हाल दुवैजना जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।

उक्त सहकारीको रकम अपचलन प्रकरणमा यसअघि नै काठमाडौँका कमल लामा र सुनिता नेवाविरुद्ध पक्राउ कारबाही गरिएको थियो। थप २२ जनाविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। सहकारीका अध्यक्ष जीवी राई हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, ६४५ जना बचतकर्ताले दिएको जाहेरीका आधारमा सहकारीबाट करिब १ अर्ब ११ करोड रुपैयाँ अपचलन भएको पत्ता लागेको छ। सहकारीको रेकर्डअनुसार २७ हजार निक्षेपकर्ताले जम्मा गरेको २ अर्ब ६५ करोड ९५ लाख रुपैयाँको केही अंश दुरुपयोग भएको देखिएको छ।

यस प्रकरणमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री